काठमाडौँ । गत ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत गणना भइरहेको छ । कतिपय पालिकाहरूको मत परिणाम सार्वजनिक भइसकेको छ ।
Advertisement
जसअनुसार बुधबार बिहान १० बजेसम्म ४१० स्थानको मत गणना सकिएको छ । जसमा निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसले धेरै स्थानीय तह जितेको छ ।
कांग्रेसले प्रमुख पदमा ५४ र अध्यक्ष पदमा १३९ पालिका जितेको छ । यस्तै नेकपा एमालेले प्रमुख पदमा २९ र अध्यक्ष पदमा ८९ पालिकामा जित हासिल गरेको छ ।
तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ९ प्रमुख र ७१ अध्यक्ष पदमा विजय हासिल गरेको छ ।
यस्तै, नेकपा एकीकृत समाजवादीले प्रमुख पदमा २ स्थानमा जित हासिल गर्दा अध्यक्ष पदमा ५ पालिकामा जित हासिल गरेको छ । अन्य पार्टीका र स्वतन्त्रका गरी ५ उम्मेदवारले पालिका प्रमुख जित्दा ११ उम्मेदवारले ११ अध्यक्ष पद जितेको छ ।