काठमाडौं- शुुक्रबार भएको पालिका चुनावको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ।
हालसम्म सार्वजनिक भएको मत परिणामअनुसार कांग्रेस पहिलो स्थानमा छ।
कांग्रेसले १३५ पालिकामा विजय हासिल गरेको छ भने १७४ पालिकामा लिड गरिरहेको छ। कांग्रेसलाई पछ्याउँदै एमालले ९० पालिका प्रमुखमा विजयी भएको छ भने १०० पालिकामा लिड गरिरहेको छ।
तेस्रोमा माओवादी केन्द्रले ६४ पालिकामा जितेको छ भने ५३ पालिकामा लिड गरिरहेको छ। यस्तै, एकीकृत समाजवादीले चार पालिका जितेको छ भने १५ पालिकामा लिड गरिरहेको छ। जसपाले ३ पालिकामा जित निकालेको छ भने २९ ठाउँमा लिड गरिरहेको छ।
यसपटकको पालिका निर्वाचनमा स्वतन्त्र उम्मेदवारले पनि दलहरूलाई टक्कर दिइरहेका छन्। आठवटा पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भइसकेका छन् भने २४ वटा पालिकामा स्वतन्त्र उम्मेदवारले लिड गरिरहेका छन्। लोसपाले भने अहिलेसम्म कुनै पनि पालिकामा जितेको छैन। १० वटा पालिका भने लिड गरिरहेको छ।