मेष- आज अल्छीले सताउला। स्वास्थ्य कमजोर रहन सक्छ। काममा ढिलासुस्ती हुन सक्छ। खानपानमा विचार पुर्याउनु होला।
वृष- परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला। रोकिएका काम फेरि शुरु हुन सक्छन्। घरमा पाहुनाले सताउलान्। काममा सफलता पाइने योग छ।
मिथुन- आज चिताएको काममा सफलता पाइनेछ। धन लाभ पनि हुने दिन छ। पुराना साथीसँगको भेटघाटले मन रमाउने छ।
कर्कट- शरीरमा सामान्य रोगले सताउला। तथापि, सामाजिक सम्मान पाइने समय छ। यात्राको पनि योग छ। हाँसखेल, भ्रमण र मनोरञ्जनमा दिन बित्नेछ।
सिंह- आर्थिक पक्ष खासै राम्रो छैन। भौतिक सामानको क्षति हुन सक्छ। आर्थिक अभाव देखापर्न सक्छ।
कन्या- असम्भव देखिएको काम पनि बन्नेछ। आफन्तको सहयोग प्राप्त हुने दिन छ । नसोचेको आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल हुनेछ।
तुला- आम्दानीका प्रशस्तै बाटा खुल्ने दिन छ। व्यापार-व्यवसायमा राम्रै आम्दानी हुने छ। उपलब्धिमुलक रमाइलो यात्रा हुन सक्छ।
वृश्चिक- कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुनेछ। धन लाभ होला। सन्तान पक्षबाट सुखानुभूति हुनेछ। व्यापार-व्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ।
धनु- अनावश्यक डरले सताउन सक्छ। हल्का मनमुटाव पनि होला। स्वास्थ्यमा गडबडी हुने सम्भावना देखिन्छ।
मकर- आज कसैबाट आदर पाउने दिन छ। जागिरमा भने खासै मन नजाला। धनमान पाउने योग छ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ।
कुम्भ- सोचेका काम पूरा भई सुखानुभूति हुने दिन छ। दाम्पत्य जीवन सुखमा रमाउने समय छ। परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ।
मीन- आकस्मिक लाभ हुने दिन छ। आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ। आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुनेछ।