नुवाकोट । जिल्लाको किस्पाङ गाउँपालिकामा नेकपा एमाले र नेकपा माअोवादी केन्द्रबीच तालमेल गरी नेपाली कांग्रेसलाई पराजित गरेको छ । अध्यक्षमा एमालेका वीरबल तामाङ र उपाध्यक्षमा माओवादीका अर्जुन न्यौपाने विजयी भएका हुन् ।
Advertisement
अध्यक्षमा तामाङले तीन हजार ६३८ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका छत्र लामाले तीन हजार ४५२ मत ल्याउँदै पराजित भए ।
यस्तै, उपाध्यक्षमा न्यौपानेले तीन हजार ७१२ मत ल्याएर कांग्रेसकी दिलकुमारी मोक्तानलाई पराजित गरेका हुन् । मोक्तानले तीन हजार १७७ मत ल्याएकी थिइन् ।