तेह्रथुम । जिल्लाको लालीगुराँस नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार अर्जुनकुमार माबोहाङ मेयरमा पुनः निर्वाचित भएका हुन् ।
Advertisement
उनले नेकपा एमालेका उम्मेदवार गणेश सेनेलाई एक हजार ७९५ मतान्तरले पराजित गरेका हुन् । उनले पाँच हजार १३९ मत प्राप्त गर्दा सेनेले तीन हजार ३४४ मात्र मत प्राप्त गरे ।
नगर उपप्रमुखमा पनि कांग्रेसकै जमुना मगर कार्की चार हजार ८८७ मत प्राप्त गरी विजयी भएकी छन् । उनले एमालेका उम्मेदवार छविमाया तिम्सिनालाई एक हजार २९३ मतान्तरले पराजित गरेकी हुन् ।