पोखरा महानगरपालिकामा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता बढाएका छन्।
Advertisement
१८ हजार १२० मतगणना हुँदा आचार्यले सात हजार ४१४ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी एमाले उम्मेदवार कृष्णबहादुर थापाले ६ हजार ५४५ मत प्राप्त गरेका छन्। आचार्यले थापाभन्दा ८६९ मतले अग्रता लिएका छन्।
उपप्रमुखमा गठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट सात हजार ६३३ मतसहित अगाडि छिन्। उनले एमालेकी मञ्जुदेवी गुरुङले सात हजार ४३८ मतसहित पछ्याइरहेकी छन्।
पोखराका वडा नम्बर १ मा एमाले, २, ३, ४ र १२ मा कांग्रेस विजयी भएका छन्। यस्तै, वडा नम्बर २३ मा वडाध्यक्ष कांग्रेससहित तीन सदस्य एमालेबाट विजय भएका छन्। अहिले वडा नम्बर ५, १३, २४, २५ र २६ को मतगणना भइरहेको छ।