काठमाडौँ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धन तोड्दै माओवादी केन्द्र विजयी भएको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा पद माओवादी केन्द्र विजयी भएको हो ।
Advertisement
अध्यक्षमा विर्खबहादुर विष्ट र उपाध्यक्षमा कमला रोका निर्वाचित भएका हुन् । विष्टले कांग्रेसका उम्मेदवार गोरख प्रसाद चन्दलाई एक हजार ६९९ मत अन्तरले पराजित गरेका छन् ।
विष्टले ६ हजार १९ मत प्राप्त गर्दा चन्दले चार हजार ३२० मत पाएका छन् । त्यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रकी कमला रोका दुई हजार ५३८ मतले विजयी भएकी छन् ।