कैलालीको घोडाघोडी-२ मा कांग्रेसकोफ किल्ला भत्काउँदै एमाले उम्मेदवार विजयी भएका छन्।
एमाले उम्मेदवार लक्ष्मी चौधरी १०२७ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रणबहादुर भन्डाराले ७०८ मत पाए। कांग्रेसका आधिकारिक उम्मेदवार हरिराज विष्ट तेस्रो हुँदै ५०० मतमा समेटिए।
बिष्ट अघिल्लो स्थानीय तह निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएका थिए। वडा सदस्यहरूमा एमालेका कलादेवी सिंह र रामसुन्दर चौधरी तथा कांग्रेसका गीता सुनार र भीमबहादुर भण्डारा निर्वाचित भएका छन्।
Advertisement