काठमाडौं- कांग्रेस महामन्त्री गगन थापाले एमालेले जनमतको अवमूल्यन गरेको बताएका छन्।
Advertisement
एमालेले आइतबार प्रकाशित गरेको विज्ञप्तिको जवाफ दिँदै थापाले एमालेको लोकतान्त्रिक आचरणमाथि प्रश्न उठाएका हुन्।
‘मतदानसम्म ठीक, मतगणनाको प्रारम्भमा पनि ठीक, तर प्रारम्भिक विवरण आउन थालेपछि अन्तिम परिणाम कुर्ने समेत धैर्य नराखी एमालेले सिंगो निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनु ३० वैशाखमा मतदान गर्ने प्रत्येक मतदाताको अभिमतको अवमूल्यन हो,’ थापाले ट्विट गरेका छन्।