भारतको मुम्बई उच्च अदालते कसैलाई चुम्बन गर्नु अप्राकृतिक यौन अपराध नहुने आदेश दिएको छ।
Advertisement
भारतको पीओसीएसओ कानूनको धारा ३७७ (अप्राकृतिक यौन) को प्रावधान चुम्बन गरेकै कारण आकर्षित हुन नसक्ने आदेश अदालतले दिएको हो।
न्यायाधीश अनुजा प्रभुदेसाईको इजलासले यस्तो आदेश दिएको हो। र, अभियुक्त बनाइएका मोहनलाल खेलानीलाई जमानतमा रिहा गर्न आदेश दिएको छ। उनी एक वर्षदेखि यौन अपराधको आरोपमा हिरासतमा थिए।