खोटाङ जन्तेढुंगा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रकी अरुणादेवी राई विजयी भएकी छन्। उनी गाउँपालिका अध्यक्ष जित्ने पहिलो महिला बनेकी छन्।
Advertisement
उनले ३०६ मतले उनले शंकरबहादुरलाई पराजित गरेकी हुन्। अरुणाले २८८१ मत ल्याउँदा एमालेका शंकरबहादुर राईले २५७५ मत ल्याए।
शंकरबहादुर निवर्तमान गाउँपालिका अध्यक्ष हुन्। खोटाङमा कांग्रेस र माओवादीले तालमेल गरेका थिए।
उपाध्यक्षमा पनि गठबन्धनबाट कांग्रेसका खेमबहादुर खड्का २८०५ ल्याएर निर्वाचित भए। उनीसँग एमालेकी विमला राईं २४९५ मत ल्याएर पराजित भइन्।