काठमाडाैं : बुढानिलकण्ठ नगरपालिकामा–४ मा नेपाली कांग्रेसका प्यानल विजयी भएको छ।
Advertisement
वडा नं ४ को अध्यक्षमा कांग्रेसका श्रीराम केसीले एक हजार २५६ मत ल्याएर विजयी भएका हुन। उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्र खड्काले ८०२ मत प्राप्त गरेका छन।
त्यसैगरी वडा सदस्यहरूमा सुमिता खड्का, मञ्जु परियार, पवन कार्की र कृष्ण खत्री विजयी भएका हुन।
यसअघि १ र २ नं वडामा नेकपा एमालेले जित हासिल गरेको छ। भने ३ नं वडामा भने स्वतन्त्र उम्मेदवार आकाश धिताल बिजयी भएका छन।