काठमाडौँ । नवलपुरको बौदीकाली गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् ।
Advertisement
मत गणनाको अन्तिम परिणामअनुसार एमालेका अध्यक्ष उम्मेदवार प्रकाश ओझा तीन हजार ९७६ मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका केवी रानाले तीन हजार ५४१ मत पाएका थिए ।
उपाध्यक्षमा पनि एमालेकै डिलकुमारी सारु तीन हजार ९६२ मतसहित निर्वाचित भएकी छन् ।