काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर झापाको दमक नगरपालिकामा सत्ता गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राम थापाले अग्रता लिएका छन् ।
Advertisement
थापाले १९६८ मत ल्याएर अग्रता कायम राख्दा एमालेकी उम्मेदवार गीता अधिकारीले १९४० मत पाएकी छन् । उपमेयरमा कांग्रेसकी रेगिना भट्टराईले १९३१ मत र एमालेका अम्बिका प्रसाद खनालले १७५६ मत पाएका छन् ।
अहिलेसम्म दमकको ४५४१ मत गणना भइसकेको छ ।