काठमाडौं महानगरका १, २ र ३२ वडाका कूल ११८० मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले ४०२ मत प्राप्त गरेका छन्।
Advertisement
वडा १ को ५००, २ को १८० र ३२ को ५०० मत गणना गर्दा उक्त परिणाम आएको हो। त्यसअनुसार दोस्रोमा एमालेका केशव स्थापितले ३१९ मत पाएका छन्। र, कांग्रेसकी सिर्जना सिंह २०२ मतसहित तेस्रो स्थानमा छिन्।
काठमाडौं–४ को पनि मतगणना जारी छ। तर, परिणाम घोषणा हुन थालेको छैन। यस्तै, उपमेयरमा एमालेकी सुनिता डंगोलले ५२० मत ल्याएकी छन्। गठबन्धनमा उम्मेदवारले ११० मतसहित उनलाई पछ्याएका छन्।