काठमाडौं : कञ्चनपुरको बेलौरी नगरपालिकामा माओवादीको अग्रता कायमै छ।
Advertisement
वडा नम्बर–१ मा १३८३ मत गणना हुँदा मेयरमा माओवादी केन्द्रले ५२० मत पाएको छ।
यस्तै, नेकपा एमालेले ४२४ र कांग्रेसले ३४० मत पाएको छ। त्यस्तै, उपमेयरमा माओवादीले ५१०, कांग्रेसले ३९६ र एमालेले ३८६ मत प्राप्त गरेको छ। वडा नम्बर–१ को अध्यक्षमा पनि माओवादी केन्द्र नै अगाडि छ। माओवादीले ५७५, एमालेले ४३३ र कांग्रेस ३२१ मत प्राप्त गरेको छ।