काभ्रेको धुलिखेल नगरपालिका–१ का कांग्रेसका वडाध्यक्ष उम्मेदवार सन्तबहादुर लामा विजयी भएका छन्।
Advertisement
उनी १०६ मतान्तरले विजयी भएका हुन्। उनले ५७३ मत पाए भने एमालेका उम्मेदवारले ४६७ मतमा चित्त बुझाए।
धुलिखेल १ मा खसेको सम्पूर्ण १२६९ मत गणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले ५७२ र एमालेका अशोक ब्याञ्जुले ४६७ मत पाएका छन्।
उपमेयरमा कांग्रेस उम्मेदवारले ५८७ र एमाले उम्मेदवारले ४८२ मत पाए।