वर्षातलगायत कारणबाट ढिलो मतदान शुरु भएका पश्चिम नवलपरासीका १० स्थलमा राति १० बजेसम्म भोटिङ हुने भएको छ।
Advertisement
सातवटा पालिकाका ती केन्द्रमा निर्वाचन आयोगले निर्धारण गरेकोभन्दा तीन घण्टा ढिलोसम्म मतदान हुने भएको हो।
मतदान अधिकृत नै अचानक बेहोस भएकाले ढिलो शुरु भएको सुनवलको अमर ज्योति आधारभूत विद्यालय केन्द्रमा ढिलोगरी भोटिङ शुरु भएको थियो।
यस्तै, बर्दघाट र सुनवल नगरपालिका तथा प्रतापपुर र सुस्ता गाउँपालिकामा पनि रातिसम्म मतदान हुने भएको छ। ती केन्द्रको मत गणना राति १० बजेपछि मात्र शुरु गर्ने तयारी छ।