संयुक्त अरब इमिरेट्स (यूएई) का राष्ट्रपति शेख खालिफा विन जइद अल नह्यानको निधन भएको छ।
Advertisement
७३ वर्षीय खालिफाको शुक्रबार निधन भएको युएईको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपतिको निधनमा शुक्रबारदेखि ४० दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाएर शोक मनाइने भएको छ। यूएईका सबै सरकारी अड्डा तथा निजी क्षेत्रले तिन दिन कामकाज बन्द गर्नेछन्।
शेख खलिफाले सन् २००४ नोभेम्बर ३ मा पहिलोपटक संयुक्त अरब इमिरेट्सको राष्ट्रपति तथा अबुधाबीका शासकको रूपमा जिम्मेदारी सम्हालेका थिए। पछिल्लो १८ वर्षदेखि यूएईको नेतृत्व गरिरहेका राष्ट्रपति शेख खलीफा चौथो पटक सन् २०१९ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए।