टेस्लाका मालिक एलन मस्कले ट्विटर खरिद योजना फेरि स्थगित गरेका छन्।
समाचार एजेन्सी रोयटर्सको एक स्टोरी ट्विट गर्दै उक्त जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘ट्विटर डिल अस्थायी रूपमा रोकिएको छ। स्पाम या फर्जी एकाउन्टले पाँच प्रतिशतभन्दा कम युजर्सलाई प्रतिनिधित्व गर्छन्। यस आँकडाबारे थप जानकारी पाउन बाँकी छ।’
रोयटर्सको रिपोर्टअनुसार ट्विटको अनुमानअनुसार पहिलो त्रैमासिकका दौरान ट्विटरमा स्पाम र फर्जी एकाउन्ट मोनिटाइज गर्न सकिने दैनिक सक्रिय युजर्सको पाँच प्रतिशतभन्दा कम प्रतिनिधित्व गर्छन्। अर्थात्, पाँच प्रतिशतभन्दा कम यस्ता युजर्सले मोनिटाइज गरेका छन्, जो फर्जी एकाउन्ट हुन्।
मोनिटाइज युजर तीन हुन्, जसले विज्ञापन दिन्छन् र त्यसको बदलामा उनीहरूलाई भुक्तानी दिनुपर्छ। संसारका सबैभन्दा धनी व्यक्ति एलन मस्कले ४४ अर्ब डलरमा ट्विटर खरिद गर्ने अफर दिएका छन्, जसलाई कम्पनीले स्वीकार गरेको छ।