टेस्लाका सीईओ एलन मस्क यतिबेला लगातार चर्चामा छन्। हरेक दिन उनी केही बोल्छन् वा लेख्छन्, जसमा बहस शुरु हुन्छ। उनको पछिल्लो भनाइ पनि त्यसरी नै चर्चामा आएको छ।
Advertisement
मस्कले चिनियाँ र अमेरिकी कर्मचारीबीच तुलना गरेका छन्। र, अमेरिकीभन्दा चिनियाँ कर्मचारी सुपर प्रतिभाशाली र मिहिनेती रहेको बताएका छन्।
मस्कले भनेका छन्, ‘चीन उत्पादनमा धेरै निर्भर हुने सुपर प्रतिभाशाली, मिहिनेती मानिसहरूले भरिपूर्ण छ।’
चीनका नागरिक बिहान ३ बजेसम्म काम गर्ने गरेको उनले उल्लेख गरेका छन्। अमेरिकामा भने कारखानाबाट सकेसम्म टाढिन खोज्ने प्रवृत्ति रहेको उनले बताएका छन्।