स्याङजा- वालिङ नगरपालिका-१४ पञ्चमुल अर्खलबासस्थित भित्रि सडकमा ग.२ च ३०२६ नम्बरको जिप शुक्रबार बिहान दुर्घटना हुँदा जिपमा सवार १३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
Advertisement
सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको उक्त जिप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी अधिकृत सहितको टोली खटिई गई घाइतेलाई उपचारको लागि जीएमसी पोखरा पठाएको छ । गम्भीर अवस्थामा रहेका १ जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ ।