रामेछापको दुई मतदान केन्द्रमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर भएको छ।
Advertisement
सुनापति र खाडाँदेवी गाउँपालिकाको मतदान केन्द्रमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए।
सुनापतिको वडा नं. २ मा मतदान केन्द्र बाहिर एउटा पक्षले अर्को पक्षकालाई कुटपिट गरेपछितनाव सुरु भएको थियो।