बुद्ध एयरका दुई एटीआर जहाजले काठमाडौंको आकाशमा निरन्तर फन्को मारिरहेका छन्।
Advertisement
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई केन्द्रमा राखेर बुद्धका एटीआर जहाज घुमिरहेका छन्।
बुद्ध एयरका मिडिया संयोजक दीपेन्द्र कर्णका अनुसार पालिका चुनावका लागि आन्तरिकतर्फका उडान बन्द रहेको मौकामा पाइलटहरूको ‘रिफ्रेन्समेन्ट’ तालिम भइरहेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिक डाइरेक्सनल अफिसका अनुसार टावरले आन्तरिक जाँचका लागि ती जहाजलाई आकाशमा फन्को लगाउने अनुमति दिइएको जानकारी दिएको छ।
