इस्लामावाद- पाकिस्तानको लाहोर अदालतले प्रधानमन्त्री शाहबाज शरीफ सहित मनी लन्ड्रिङ काण्डका सबै आरोपीलाई १४ मेमा अदालतमा हाजिर हुन आदेश दिएको छ।
Advertisement
उनीविरुद्ध सोही दिन आरोपपत्र दायर हुनेछ। यसअघि प्रधानमन्त्री शाहबाज शरीफको अपीलमा लाहोरको विशेष अदालतले उनलाई उपस्थित हुनबाट छुट दिएको थियो र अन्तरिम जमानत पनि दिएको थियो।
तर, अब अदालतले सबै अभियुक्तलाई १४ मेमा अदालतमा हाजिर हुनुपर्ने र अब यस मुद्दामा थप मिति नदिइने बताएको छ। शाहबाव शरीफ तथा उनका छोरा हम्जा र सोलोमन शरीफलाई पाकिस्तानको अनुसन्धान एजेन्सी एफआईएले नोभेम्बर २०२० मा भ्रष्टाचार र मनी लन्ड्रिङ मुद्दा दायर गरेको थियो। पछि एफआईआरमा थप १४ जनाको नाम थपिएको थियो।