सिराहा- सिरहा नगरपालिका-४ रमौल बस्ने इद महमदको छोरा १५ वर्षीय मो अम्मादको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । आफ्नै घरको कलमा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो ।
Advertisement
यसैगरी सिराहा लहान नगरपालिका-१९ कटहा बस्ने४० वर्षीय कमकलाल सदायको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा सिटी रिक्सा चार्ज गरी चार्जर झिक्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कामना अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।