काठमाडौँ । आगामी वैशाख ३० गते देशभर एकैसाथ स्थानीय तहको निर्वाचन हुने भएको छ । निर्वाचन नजिकिएसँगै तीव्र गतिमा चुनावी रौनक लागेको छ ।
Advertisement
नेताहरू गाउँगाउँ पुगेका छन् । गाउँको विकास गर्ने एजेण्डा पेश गरिरहेका छन् ।

निर्वाचनका कारण गाउँदेखि शहरसम्म विकासको एजेण्डा पेश भइरहँदा देशका युवाहरू आफ्नो पेट पाल्न विदेश धाउनु परेको छ । उनीहरू निर्वाचनमा भोट हाल्न पाउने आफ्नो अधिकार एकतिर राखेर रोजगारीका लागि विदेश जान बाध्य भएका हुन् । 
हाल नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हजारौँ युवाहरू रोजगारका लागि विदेशिने गरेका छन् । यस्तै, उच्च शिक्षाका लागि पनि युवाहरू विदेशिन गरेको छ ।
