काठमाडौं- सरकारले ३ जेठमा संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ।
Advertisement
मन्त्रिपरिषदको आइतबारको बैठकबाट बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो। ३० वैशाखको पालिका चुनावलगत्तै सरकारले संसदको वर्षे अधिवेशन बोलाउन सिफारिस गरेको छ।
१५ जेठमा संघीय सरकारले संसदमा बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक बाध्यता छ। त्यसअघि राष्ट्रपतिले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने चलन छ।