काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले पोखरामा सम्बोधन गर्ने भएका छन् ।
Advertisement
पोखराको अमरसिंह चौरमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरू जाने कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए ।
चुनावी सभाका लागि पोखराका विभिन्न स्थानबाट दलले र्यालीको तयारी गरेका छन् ।