काठमाडौँ । अमेरिकाले आगामी वर्षका लागि खोलेको ईडीभी चिठ्ठाको नतिजा सार्वजनिक गरेको छ । आज रातिदेखि हेर्न मिल्ने गरी ईडीभीको नतिजा सार्वजनिक गरेको हो ।
Advertisement
गत वर्ष अक्टोबर ६ देखि नोभेम्बर ९ सम्म अमेरिकाले ईडीभी चिठ्ठाका लागि आवेदन माग गरेको थियो । अमेरिकाले हरेक वर्ष नेपालसहित विभिन्न देशबाट ईडीभी चिठ्ठामार्फत विदेशी नागरिकलाई लैजाने गरेको छ ।
यसपटकको ईडीभी चिठ्ठाको नतिजा हेर्न आफूले पाएको कन्फर्मेशन नम्बर अनिवार्यबाट हेर्न सकिने छ । फर्म भरेकाहरूले कम्तिमा २०२३ सेप्टेम्बर ३० गतेसम्म आफूले पाएको कन्फर्मेशन नम्बरबाट रिजल्ट हेर्न सक्ने छन् ।