वासिङ्टन- गर्भपतनको अधिकार खोस्ने कानून ल्याइन लागेको विरोधमा अमेरिकाका विभिन्न शहरमा प्रदर्शन भएको छ।
Advertisement
उक्त कानूनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ। कानूनविरुद्ध एकजुटता देखाउने उद्देश्यले प्रदर्शनहरू भइरहेका छन्।
सिकागो, एटलान्टा, ह्युस्टनलगायत शहरमा आयोजित प्रदर्शनमा सहभागीले आफ्नो अधिकार खोस्ने कानून ल्याइएमा संघर्षमा उत्रिने चेतावनी दिएका छन्। गत साता सर्वोच्च अदालतको राय लिन लागिएपछि गर्भपतनसम्बन्धी कानून ल्याउन लागेको सार्वजनिक भएको थियो।
पोलिटिको डट कम नामक वेबसाइटका अनुसार सन् १९७३ को कानून उल्ट्याइनुपर्ने सुझाव दिएको छ। तथापि, त्यो सर्वोच्च अदालतको राय मात्र हो, मुद्दामाथि फैसला आउन बाँकी छ। सर्वोच्च अदालतले करिब ५० वर्ष पुरानो आफ्नो फैसला उल्ट्यायो भने अमेरिकामा गर्भपतन अधिकारमाथि रोक लाग्नेछ।