काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका एक उम्मेदवारले आत्महत्या गरेका छन् । उनले झुण्डिएर आत्महत्या गरेका हुन् ।
Advertisement
आजीवन कांग्रेसको क्रियाशील सदस्य भएका ६५ वर्षीय गणेश पौडेल झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनले गत स्थानीय निर्वाचनमा टिकट नपाएपछि यसपटक वडाध्यक्ष पदमा बागी उम्मेदवारी दिएका थिए ।
सुनसरीको रामधुनी नगरपालिका ८ का पौडेलको शव शनिबार बिहान उनकै घरपछाडि झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनको शवसँगै प्रहरीले सुसाइड नोट बरामद गरेको छ । सुसाइड नोटमा पौडेलेले ‘यो कार्य म आफैँले गरेको हो, कसैलाई दोष नदिनू’ भनेका छन् ।