काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मधेस प्रदेशको राजधानी जनकपुर पुगेका छन् ।
Advertisement
आज दिउँसो हुने २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्न उनी जनकपुर पुगेका हुन् । सोही क्रममा पार्टीका दुई कार्यक्रममा समेत उनी सहभागी हुने प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।
चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमेत जनकपुर जाने भएका छन् । आजै देउवा तनहुँको एक कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।