साताको अन्तिम दिन संसारभरको सेयर बजारमा गिरावट देखिएको छ। भारतको सेयर बजार सेन्सेक्स ८६६.६५ अंक गिरेर ५५ हजारभन्दा मुनि बन्द भयो।
Advertisement
भारतकै निफ्टीमा २७१.४० अंकको गिरावट भयो। र, १६,४११.२५ अंकमा बन्द भयो। विश्वव्यापी बजारमा देखिएको गिरावटको असर भारतको सेयर बजारमा पनि देखियो। विदेशी कोषहरूबाट बजारमा रकम निस्किने र कच्चा तेलको मूल्यमा भएको बढोत्तरीको असर सेयर बजारले पनि महशुस गरेको छ।
अमेरिकाको केन्द्रीय बैंकको तर्फबाट २२ वर्षयताकै बढी व्याजदर घोषणापछि अमेरिकार र एसियाली सेयर बजारमा गिरावट देखिएको छ।
हङकङको सेयर बजार ३.८, सांघाई स्टक एक्स्चेन्जमा २.२ र अस्ट्रेलियाको एएसएक्समा २.२ प्रतिशतको गिरावट देखिएको छ।