काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवारवादको आरोप लगाएर महिलाको हक अधिकार कुण्ठित गर्न खोजेको बताएका छन्।
Advertisement
शुक्रबार काठमाडौमा पाँचदलीय गठबन्धनको चुनावी सभामा बोल्दै यस्तो बताएका हुन्। गठबन्धनले महिलाको योग्यता र क्षमताको आधारमा महिलालाई मेयरमा अघि सरेको उनले बताए।
उनले भने, ‘हामी पुरुषहरू धेरै कार्यकारी भूमिकामा बसेर काम ग¥यौं। तर, खासै लछारपटारो लगाउन सकेनौं। अब महिलाहरूलाई कार्यकारी भूमिका दिएका छौं।’
उनले प्रगतिशील गठबन्धनको विजय भएको जिकिर गरे। पार्टीभित्रको तितो अन्तरसंघर्षको कारण जनयुद्ध शुरु भएको बताए।