काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिले दुईवटा गठबन्धन भएको बताएका छन्।
Advertisement
शुक्रबार काठमाडौंमा पाँच दलीय गठबन्धनको चुनावी सभामा बोल्दै उनले एउटा प्रगतिशील, अग्रगामी गठबन्धन र अर्को प्रतिगमनकारी गठबन्धन भएको बताए।
अग्रगामी गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाको पाँच दलीय गठबन्धन भएको बताए । र, दोस्रो प्रतिगामी गठबन्धनमा एमाले, राप्रपा नेपाललगाय रहेको दाबी गरे ।
उनले भने, ‘देशमा अहिले दुईखालको गठबन्धन छ। कसलाई सहयोग गर्ने त्यो तपाईंको हातमा छ।’ देशमा विकास गर्न, लोकतन्त्र, गणतन्त्र, र संविधानको रक्षाका लागि अग्रगमन र प्रगतिशील गठबन्धनलाई लाई भोट हालेर जिताउन आग्रह गरे।
दीर्घकालीन योजना बनाएर अघि बढ्नका लागी गठबन्धन उम्मेदवारहरूलाई आग्रह गरे।