काठमाडौं- पाल्पा तिनाउ गाउँपालिका-५ चरचरेस्थित सडकमा लु.१ च ७७८० नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार रामपुर नगरपालिका-३ बस्ने ४३ वर्षीय सूर्य प्रसाद श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिपमा सवार रामपुर नगरपालिका-३ बस्ने ४६ वर्षीय टुक नारायण श्रेष्ठलाई लुम्बिनी मेडिकल कलेज प्रभास हुँदै थप उपचारका लागि बिएण्डबि अस्पताल ललितपुर रिफर गरिएको छ । घाइते भएका जिप चालक उपचार पश्चार डिश्चार्ज भएका छन् ।
पर्सा ठोरी गाउँपालिका-३ ब्रहमनगरस्थित पुलमा बीआर २२ एस २२६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक भारत पश्चिमी चम्पारण घर भएका ३६ वर्षीय मनोज महतोको मृत्यु भएको छ । दुर्घटनामा पुलमुनि खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि नारायणी अस्पताल वीरगंजमातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
झापा कनकाई नगरपालिका-३ नँया बस्तीस्थित सडकमा को.२३ प ४०४७ नंम्बरको मोटरसाइकल ना.६ ख ९०७९ नम्बरको ट्रकमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ उर्लाबारी नगरपालिका-७ बस्ने ५६ वर्षीय बुद्धकान्त सुबेदीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएनसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनकुटा साँगुरीगढी गाउँपालिका-३ सल्लेनी डाँडास्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेर बिहीबार राति दुर्घटना चालक हुँदा सोही गाउँपालिका-३ मदेन टोल बस्ने ३८ वर्षीय इन्द्र बहादुर याखाको घटनास्थलमै मृत्यु भएको छ ।