काठमाडौँ । ताप्लेजुङको फक्ताङ्लुङ ६ ललेपमा दुई जनाको हत्या भएको छ । आफ्नै छोराले ७५ वर्षीय बृखबहादुर लिम्बु र ७२ वर्षीया आमा फिपरानी लिम्बुको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Advertisement
२५ वर्षीय छोरा आइतराज लिम्बुले आमाबुवाको हत्या गरेका हुन् । आइतराजले धारिलो हतियार प्रयोग गरी आमाबुवाको हत्या गरेको प्रहरीले जनाएको हो ।
मादक पदार्थ रक्सी सेवन गरी उनले आमाबुवाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।