काठमाडौँ । मोरङको बेलबारी नगरपालिकाका एक उम्मेदवारको गाडीमा आगजनी गराउँदा क्षति पुगेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मेयर पदमा उम्मेदवारी दिएका खेमप्रसाद गौतमको गाडीमा आगजनी गरी क्षति पुर्याएको हो ।
Advertisement
गौतमको बा १२ च ९३८४ नम्बरको गाडीमा आगजनी भएको हो । बेलबारी २ स्थित घरमै पार्किङ गरेको गाडीमा आज बिहान करिब २ बजे आगजनी गरिएको प्रहरीले जनाएको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उनले आफ्नो गाडीमा पार्टीको झण्डा तथा मेयर र उपमेयरका उम्मेदवारको फोटो राखेर प्रयोग गर्दै आएका थिए । प्रहरीले आगजनीमा संलग्न भएको आरोपमा युवकलाई पक्राउ गरेको छ ।
सुन्दरहरैँचा नगरपालिका १२ का अन्दाजी २८ वर्षीय सुवास पाण्डेलाई प्रहरीले पक्राउ पक्राउ गरी अनुसन्धान शुरु गरेको हो ।