काठमाडौँ । कैलालीमा एक बालिका बलाकृत भएकी छन् । १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले टिकापुर नगरपालिका १ का ३० वर्षीय दीपेन्द्र साउदलाई पक्राउ गरेको हो ।
Advertisement
साउदले बालिकालाई गत सोमबार बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।