काठमाडौँ । आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँ बढेको छ । योसँगै आज ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार १०० कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ७०० थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ३०५ मा कारोबार भएको महासंघले जनाएको छ ।