काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव छ ।
उक्त मौसमी प्रणालीले देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यताया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भागमा आंशिक बदली रहनेa छ । पहाडी भागका केही स्थानमा र बाँकी भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
रातिको समयमा पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने अन्य भागमा आंशिक बदली रहने छ । प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
काठमाडौँ उपत्यकामा बिहानैदेखि आकाश बादलले ढाकेको छ । महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम तापक्रम २८ र न्यूनतम तापक्रम १८ डिग्री सेल्सियस छ ।