बर्दिया । जिल्लाको ठाकुरबाबा नगरपालिका २ मा ट्रक र ई रिक्सा एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा समान दिशातर्फ गइरहेका रा १ क १८३ नम्बरको ट्रक र भे १ स ९५६२ नंको ई रिक्सा ठाकुरबाबा नगरपालिका १ सिंह बाहिनीचोक नजिक एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
Advertisement
घटनामा ठाकुरबाबा नगरपालिका २ रानीपुर बस्ने पिउली धितालको दिउँसो २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
ट्रक चालक जिल्ला दाङ तुलसीपुर उपमहानगर ४ का वसन्त नेपाली र ई रिक्साका चालक ठाकुरबाबा नगरपालिका ८ का दीपेन्द्र विकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।