काठमाडौँ । विषाक्त खाद्य पदार्थका कारण किर्गिस्तानमा ३५ जनाको मृत्यु भएको छ । एकै खाद्य पसलका खाना खाँदा उनीहरूको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएको हो ।
Advertisement
विषाक्त खाद्य पदार्थले अरु १८ जना १४ वर्षभन्दा कम उमेरका बालबालिका विरामी भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भरहेको र उनीहरूको अवस्थास्थिर रहेको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।
विषाक्त खाद्य पदार्थ बेच्ने पसलेलाई प्रहरीले नियन्त्रण लिएर कारबाही प्रक्रिया शुरु गरेको प्रहरी अधिकारीहरूले जनाएका छन् । प्रहरीले विषाक्त खाद्य पदार्थ बिक्री वितरण गर्ने पसल बन्द गरिदिएको छ । खाद्य पदार्थका एक हजार पोका बरामद पनि गरेको छ ।