काठमाडौँ । नेपालका लागि भारतले नयाँ राजदूतका लागि नवीन श्रीवास्तवलाई प्रस्ताव गरेको छ । उनी चिनियाँ रणनीतिका बारेमा विज्ञ मानिन्छन् ।
Advertisement
आगामी बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनुअघि श्रीवास्तव नयाँ राजदूत बनेर नेपाल आउन लागेका हुन् ।
उनले भारतीय विदेश मन्त्रालयमा पूर्वी एसिया डिभिजनमा काम गरेका थिए । दुई वर्षअघि उनले लद्दाखमा भएको चीनसँगको सीमा विवादमा उनले कूटनीतिक र सैनिक संवादमा गरी युद्ध समाधान गरेका थिए ।
पूर्वभारतीय राजदूत विनयमोहन क्वात्राले यसै महिना भारतीय विदेश सचिवमा बढुवा भएसँगै काठमाडौँमा भारतीय राजदूत पद रिक्त भएको छ ।
श्रीवास्तवले चीनबाहेक जापान, उत्तर कोरिया, दक्षिण कोरिया र मंगोलियाका बारेमा समेत जानकार रहेका छन् ।