नयाँदिल्ली- दिन र रात परिवर्तन होस् या सूर्यको एक तय गतिबाट हरेक दिन उदाउनु र अस्ताउनु। पृथ्वीको घुमाइ होस् या ऋतुहरूको आउनु-जानु। पूरै प्रकृति एक अदृष्य अनुशासनमा बाँधिएको छ। यदि यो अनुशासन थोरै मात्र डगमगायो भने पूरै संसार अस्तव्यस्त हुन थाल्नेछ।
त्यसरी नै हाम्रो शरीर पनि एक निश्चित अनुशासनमा चल्छ। मुटुको धडकनदेखि श्वासप्रश्वाससम्म सबै एक तय क्रमअनुसार हुन्छ। यो लय बिग्रिनासाथ शरीर बिमार हुन पुग्छ। थकान, कमजोरी या बिमारी सबै अनुशासनको लय टुटेका कारण देखिने संकेत हुन्।
यहाँसम्म कि, भित्तामा टाँगिएको घडीले पनि तब मात्र सही समय बताउँछ, जब उसका साना-ठूला सुईहरू अनुशासनमा चल्छन्। सुईहरूको रफ्तार बिग्रियो भने पूरै समय गडबड हुन्छ।
यदि पूरै ब्रह्माण्ड, शरीर र घडी सबै अनुशासनमा चल्छन् भने हाम्रो जिन्दगीलाई पनि अनुशासनबिना लक्ष्य कसरी प्राप्त हुन्छ ? त्यसैले अनुशासन नै सफलताको मार्गको एक मात्र सहयात्री हो।
यदि हामी दैनिक निश्चित समयमा काम गर्न थाल्छौं भने त्यो आदतले हामीलाई सफलताको दिशामा डोर्याउँछ। जब हामी अनुशासनालाई आदत बनाउँछौं, हाम्रो सफलताको शुरुवात त्यहींबाट हुन्छ।
अनुशासनमा सबैभन्दा अहम् हिस्सा हुन्छ, समय व्यवस्थापन। यदि हामी समयको सही उपयोग गर्छौं भने हरेक दिन कामहरू अझ राम्रोसँग सम्पादन हुन थाल्छन्। र, त्यसबाट हाम्रो जीवनको सन्तुलन र प्रगति दुवै प्राप्त हुन्छन्।
साह्रै प्रतिभावान व्यक्ति पनि अनुशासनबिना र काममा निरन्तरता अभावमा सफल बन्न सक्दैन। अनुशासन पालना नगर्दाको परिणाम हो, कछुवासँग सधैं खरायोले दौड हार्नु पनि।
– प्रतिभा, अनुशासन र निरन्तरताबाट मात्र सफलता प्राप्त हुन्छ।
– अनुशासन अभावमा कोही पनि आफ्नो प्रतिभाका साथ सफलताको मार्गमा चल्न सक्दैन।
– संसारमा सबैभन्दा सफल मानिस सबैभन्दा बढी अनुशासित पनि हुन्छन्।
– सफल मानिसहरू आफ्नो तय लक्ष्यमा आफ्नो नियमअनुसार निरन्तर अगाडि बढिरहन्छन्।
– लक्ष्यमा केन्द्रित भएर हमेशा आफ्नो डेडलाइनको पालना गर्दा मात्र सफलता मिल्छ।
– महात्मा गान्धीदेखि विश्वका सबै सफल मानिसको एक साझा विषय थियो, अनुशासन।
अनुशासनका ५ लाभ
– राम्ररी काममा केन्द्रित व्यक्तिको समय र ऊर्जा बर्बाद हुँदैन।
– कन्सिस्टेन्सीबाट हरेक दिन थोरै-थोरै गर्दै ठूलो लक्ष्य हासिल हुन सक्छ।
– तय रुटिनमा चल्दा अनिश्चितता र तनाव कम हुन्छ।
– हरेक काम फिक्स समयमा पूरा हुँदा समय व्यवस्थापन पनि राम्रो हुन्छ।
– आफूमाथि नियन्त्रणबाट आत्मविश्वास बढ्छ।
अनुशासनका ५ दुश्मन
– प्रोकेस्टिनेसन- कामलाई सकेसम्म टार्ने आदत
– डिस्ट्र्याक्सन- सामाजिक सञ्जाल र फाल्तु कुरामा दिमाग लगाउनु
– ओभर कन्फिडेन्स- आफूमाथि अत्यधिक भरोसा तर प्लानिङ शून्य
– इरेगुलारिटी- कुनै पनि लक्ष्यमा लामो समय टिक्न नसक्नु
– नेगेटिभ सर्कल- आसपासका मानिस र माहोल अनुशासनमा नहुनु
दैनिक अनुशासनका ५ टिप्स
– फिक्स समयमा सुत्नु र उठ्नु
– दैनिक टास्क सूची बनाउनूस् र पूरा हुनासाथ टिक लगाऊँ
– ‘नो’ भन्न सिकौं र हरेक चिजको तत्काल स्वीकार नगरौं
– डिजिटल ब्रेक लिऊँ, दैनिक २ घण्टा फोनबाट टाढा बसौं
– स-साना जितमा पनि सेलिब्रेसन गरौं, जसले तपाईंलाई मोटिभेट गरिरहने छ।