• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने


    Avatar photo
मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित

काठमाडौँ- आगामी जेठ २ र ३ गते नेपालमा पहिलो पटक निःशुल्क रूपमा ‘राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर’ को आयोजना हुने भएको छ । भगवती मानवकल्याण सङ्गठनले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पाशुपत क्षेत्रस्थित पार्किङ चौरमा कार्यक्रम हुने जानकारी गराइएको हो ।

Advertisement

कार्यक्रममा नशामुक्तिका लागि देशविदेशबाट ३० हजारभन्दा बढीको सहभागिता रहने सङ्गठनका केन्द्रीय प्रवक्ता रमेशचन्द्र मिश्रले राससलाई जानकारी दिनुभयो । शिविरमा भगवती मानवकल्याण सङ्गठन एवं पञ्चज्योति शक्तितीर्थ सिद्धाश्रम ट्रष्टका संस्थापक-सञ्चालक धर्मसम्राट युग चेतना पुरुष परमहंस योगीराज श्री शक्तिपुत्रजी महाराजको सान्निध्यमा देशविदेशबाट हजारौँ मानिस एकसाथ नशामुक्त हुने उहाँले दाबी गर्नुभयो ।

माता भगवती आदिशक्ति जगत् जननी जगदम्बासँग पूर्ण एकाकार ऋषि धर्म सम्राट युगचेतना पुरुष परमहंस योगीराज श्री शक्तिपुत्रजी महाराजद्वारा शक्ति–साधनाको रहस्यबारे शिविरमा अवगत गराइने सङ्गठनकी नेपाल शाखा प्रमुख डा मिनु सिग्देलले जानकारी दिनुभयो । एक ऋषिको सान्निध्यमा अष्टाङ्ग योग, नवदा भक्ति एवं कुण्डली शक्तिका माध्यमबाट साधना पथमा उध्र्वगामी बन्ने ऐतिहासिक एवं दुर्लभ अवसर प्राप्त हुने उहाँको भनाइ छ ।

शिविरमा उपस्थित जनसमुदायलाई सद्गुरुदेव श्री शक्तिपुत्रजी महाराजको आध्यात्मिक, जनकल्याणकारी एवं चेतनात्मक चिन्तन सुन्ने सौभाग्य प्राप्त हुने उहाँले बताउनुभयो ।

दुई दिवसीय कार्यक्रममा पहिलो दिन बिहान ७ बजेदेखि ९ बजेसम्म योग ध्यान साधना शिविरको आयोजन गरिएको सङ्गठनका प्रचारमन्त्री नारायण सेढाइँले जानकारी दिनुभयो । दिउँसो २ बजेदेखि ५ बजेसम्म शक्तिपुत्रजी महाराजको चेतनात्मक प्रवचन हुने उहाँले बताउनुभयो ।

यसैगरी साँझ ४ बजेदेखि ५ बजेसम्म माँ दुर्गा भवानीको दिव्य आरती हुने एवं कार्यक्रमको दोस्रो दिन बिहान ७ बजे गुरुदीक्षा कार्यक्रम हुने सङ्गठनले जनाएको छ । साथै शिविरमा निःशुल्क रूपमा शक्तिजल वितरण गरिने छ ।

नशाको लतका साथै मानसिक तनावबाट मुक्ति प्रदान गर्ने, नशासम्बन्धी समस्या परेकाहरूका लागि सहायक सिद्ध हुने जनाउँदै सेढाइँले शक्तिजल शिविरमा निःशुल्क प्राप्त गर्न सकिने बताउनुभयो । निःशुल्क रूपमा नशामुक्त हुन आह्वान गर्दै सङ्गठनले टोल फ्रि नम्बर १८१०५०००१४५ सार्वजनिक गरेको छ ।

भगवती मानवकल्याण सङ्गठन एक जनकल्याणकारी आध्यात्मिक संंस्था हो । यसले नशामुक्त, मांसाहार मुक्त, चरित्रवान्, चेतनावान्, परोपकारी एवं पुरुषार्थी समाज निर्माणका साथै जातिभेद, छुवाछुतलगायत सामाजिक विकृति हटाएर मानवताको पथमा अघि बढाउने कार्य गर्दै आएको छ । सङ्गठनले नशामुक्ति अभियान ‘नशामुक्त नेपाल–समृद्ध नेपाल’ अन्तर्गत पाँच हजारभन्दा बढी व्यक्तिलाई नशामुक्त बनाइसकेको छ ।

यसैगरी गत साउनदेखि शुभारम्भ भएको देशव्यापी एक करोड वृक्षरोपण अभियानअन्तर्गत ‘एक वृक्ष, राष्ट्रका नाममा’ आमजनसमुदायको सहयोगमा जारी रहेको सङ्गठनले जनाएको छ । यस्तै सङ्गठनले योग, ध्यान, साधनाका माध्यमबाट समाजमा आध्यात्मिक वातावारण सृजना गर्न निःशुल्क रूपमा विविध कार्यक्रमको आयोजना गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ३.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ४.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ५.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७.
    टिपरको ठक्करबाट मृत्यु

  • ८.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.