• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

बराहक्षेत्रमा एमाले भर्सेस गठबन्धन : लालकिल्ला जोगाउने र भत्काउने रणनीति!


मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित

सुनसरी बराहक्षेत्र नगरपालिकामा गठबन्धनको दाउ छ एमालेको विरासत भत्काउने र एमाले पनि एउटै अर्जुनदृष्टिमा छ, लालकिल्ला जोगाउने

Advertisement

सुनसरी- २०७४ सालको पालिका चुनावमा सुनसरी बराहक्षेत्र नगरपालिका प्रमुखमा एमालेका निलम खनालले १४ हजार ४४६ मत ल्याएर विजयी भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बाबुराम बिष्टले ११ हजार ४८९ मत प्राप्त गरेका गरेका थिए।

त्यतिबेला माओवादी केन्द्रका कमलबहादुर कट्वालले २ हजार ७३८ मत प्राप्त गरेर तेस्रो स्थान हासिल गरेका थिए। यसपटकको चुनावमा एमालेले नगर प्रमुख निलम खनाललाई पुनः दोहोर्‍याएको छ। उनी एमाले सुनसरी जिल्ला उपाध्यक्ष पनि हुन्।

एमाले नेता खनाल आफ्नो राजनीतिक विरासत कायम गर्दै नगर प्रमुख र उपप्रमुखसहित सबै सदस्यहरूमा जित निकाल्नै लक्ष्यका साथ चुनावी मैदानमा होमिएका छन्।

यसपटकको चुनावमा कांग्रेसलाई माओवादी केन्द्रसहित गठबन्धन दलहरूको साथ छ। गठबन्धनका तर्फबाट कांग्रेसका युवा नेता रमेश कार्की मेयर उम्मेदवार बनेका छन्। उनको एउटै लक्ष्य देखिन्छ, एमालेको लालकिल्ला भत्काउने। उनी पनि नगर प्रमुख, उपप्रमुख र११ वटै वडाध्यक्ष जित्ने दाउमा लागिपरेका छन्।

२०७४ सालको निर्वाचनमा बराहक्षेत्र नगरपालिकामा कांग्रेसले एक्लै चुनावी प्रतिस्पर्धामा होमिँदा दोस्रो स्थान प्राप्त गरेको थियो। यसपटक माओवादी केन्द्रको साथ रहेकाले सहजै जित हासिल हुने कार्कीको ठम्याइ छ।

यसपटक बराहक्षेत्र नगरपालिकाको चुनावी माहोलमा नगर प्रमुख, उपप्रमुखदेखि सदस्यसम्म कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने आकलन नगरवासीको देखिन्छ।

२०७४ सालको चुनावमा बराहक्षेत्रमा एमालेले नगर प्रमुख, उपप्रमुख सहित ३, ४, ५, ७, ८, ९, १० र ११ गरी ८ वडाध्यक्ष जितेको थियो। त्यतिबेला कांग्रेसले तीन वडाध्यक्षमै चित्त बुझाएको थियो, वडा नम्बर १ मा सुरेश श्रेष्ठ, २ मा हरिकृष्ण भट्टराई र ६ मा उद्वव पोखरेल।

गठबन्धनको चुनावी रणनीति तय गर्ने जिम्मेवारी रेवतीरमण दुलालले पाएका छन्। उनी भन्छन्, ‘यसपटकको निर्वाचनमा नगरप्रमुख, उपप्रमुखसहित ११ वटा वडाध्यक्ष जित्ने लक्ष्यका साथ लालकिल्ला ढाल्छौँ।’ उनी गठबन्धनका उम्मेदवारहरूलाई जिताउन सफल या असफल के हुन्छन्, चुनावी परिणामले नै देखाउने छ।

एमालेले बराहक्षेत्रमा निर्वाचन परिचालन कमिटीको संयोजकको जिम्मेवारी बद्रीनाथ धिमिरेले पाएका छन्। उनी पनि नगरप्रमुख, उपप्रमुखसहित ११ वटै वडाध्यक्ष जिताउने अभियानमा छन्। र, उनको मुख्य ध्येय देखिन्छ, ०७४ सालको लाल किल्लाको विरासत जोगाउने। लालकिल्ला जोगाउने र भत्काउने यो खेलमा कसले बाजी मार्छ भन्ने हेर्न ३० वैशाखपछि आउने चुनावी नतिजासम्म पर्खिनैपर्ने भएको छ।

यी हुन् गठबन्धनका उम्मेदवार

नगर प्रमुख : रमेश कार्की
उपप्रमुख : अमित गौतम

वडाध्यक्षहरू

वडा १: सुरेश श्रेष्ठ
वडा २: नारायण नेपाल
वडा ३: राजदीप लामा
वडा ४: नुतन धामी
वडा ५: रोहित काफ्ले
वडा ६: उद्धवप्रसाद पोखरेल
वडा ७: कपिल आचार्य
वडा ८: रोशन खड्का
वडा ९: निरन्जन चन्द्रवंशी
वडा १०: तेज गुरुङ
वडा ११: कृष्णकुमार महतो

एमालेका उम्मेदवार

नगर प्रमुख : निलम खनाल
उपमेयर : नन्दकुमारी राई

वडाध्यक्षहरू

वडा-१: किसन थापा मगर
वडा-२: होमप्रसाद गौतम
वडा-३: रुद्रबहादुर दाहाल
वडा-४: आशाराम चौधरी
वडा-५: देवेन्द्रबहादुर बिष्ट
वडा-६: टेकेन्द्र कार्की
वडा-७: होमनाथ निरौला
वडा-८: भानु लिम्बू
वडा-९: दीपक लिम्बू
वडा-१०: मणिराज तामाङ
वडा-११: गोकुल श्रेष्ठ

मङ्गलबार, बैशाख २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देशभर उत्साहपूर्वक मतदान
बारा, चितवन र तनहुँमा मतदान शुरु
उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन्?
तनहुँ– १: उम्मेदवारले थाले चुनावी अभियान
रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित
राष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.