• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

बेल : गर्मीको सुपर फुड

    Avatar photo
मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित

नयाँदिल्ली- बेल गर्मीयामको सुपर फुड मानिन्छ। बेलको फल, पत्ती, बोक्रा सबै उपयोगी हुन्छन्।

Advertisement

स्थानीय स्वादअनुसार कहीं अचार, कहीं सर्बत त कहीं दहीका साथ यसलाई खाइन्छ, पिइन्छ। बेलमा भिटामिन्स, फाइबर, पोटासियम, क्याल्सियम, आइरन, सोडियम र धेरै प्रकारका पोषकतत्त्व पाइन्छ। तिनै पोषकतत्त्वका कारण बेल पाचन प्रणाली, इम्युनिटी मात्र होइन, फोक्सो र छालाका लागि समेत बहुउपयोगी फल हो।

बेल मार्च महिनादेखि पाक्न थाल्छ र जुलाई अन्तिमसम्म बजारमा सहजै उपलब्ध हुन्छ। दिल्लीकी सिनियर डाइटिसियन तथा ‘वान डाइट टुडे’की संस्थापक डा. अनु अग्रवालका अनुसार बेल गर्मीका लागि मात्र लाभदायक फल हो। गर्मीयामबाहेकमा यसको सेवन त्यति उचित हुँदैन। कारण- गर्मीको फल भएकाले अन्य मौसममा यसलाई स्टोर गरिएको हुन्छ। र, रसायन हालेर पकाइएको हुन्छ।

गर्मीयाममा हुने थकान टाढा राख्‍न बेलको सेवन उपयोगी हुन्छ। गर्मीमा थर्मोडाइनेमिक्स व्यवस्थापन गर्न हाम्रो शरीरका अंगहरू निरन्तर मिहिनेत गरिरहेका हुन्छन्। त्यस्तोमा बेलको सेवनले राहत दिन्छ।

पाचन प्रणालीका लागि त यो अमृत समान नै हुन्छ। पेचिस, इरिटेबल बोउल सिन्ड्रोमजस्ता डाइजेस्टिभ डिसअर्डरको उपचारका लागि बेल उपयोगी हुन्छ। यसमा पाइने एन्टी स्पास्मोडिक गुणले ग्यास्ट्रो इन्टेस्टाइनल ट्र्याक्टलाई राहत दिन्छ। र, अपच हुनबाट बचाउँछ। सोही गुणका कारण यो कब्जियतको समस्या भएकाहरूका लागि पनि लाभकारी हुन्छ।

बेलमा ७० प्रतिशतभन्दा बढी मोइस्चर हुन्छ। त्यसले छालालाई हाइड्रेटेड राख्‍न मद्दत गर्छ। त्यसबाट छालाको इलास्टिसिटी कायम राख्‍न मद्दत मिल्छ। बेलमा एन्टी-इन्फ्लेमेटरी गुण पनि हुन्छ। त्यसले पनि छालाको स्वास्थ्यमा राहत दिलाउँछ। एक्जिमा, डर्मेटाइटिसजस्ता समस्यामा पनि यो लाभदायी हुन्छ।

बेलको सेवनबाट ब्रोक्यिल मसल्सलाई आराम मिल्ने भएकाले श्‍वासप्रश्‍वासका लागि पनि उपयोगी हुन्छ। यस्तै, युट्रिन स्टिमुलेन्ट गुणका कारण महिलाको गर्भाशयका मांशपेशीलाई पनि राहत दिन्छ। र, अनियमित महिनावारीको समस्या भएका महिलाका लागि बेल उपयोगी फल हो।

मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री
राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा
शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ४.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ५.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ६.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • ७.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ८.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.