काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
Advertisement
स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ३३३ नमूना पीसीआर परीक्षण गर्दा ८ र ९२२ नमुना एन्टिजेन परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस अवधिमा १८ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर २११ जना सक्रिय संक्रमित छन्। तीमध्ये २०९ जना होम आइसोलेसनमा र २ जना संस्थागत आइसोलसनमा छन्। संस्थागत आइसोलेसनमा रहेकामध्ये १ जना आइसीयूमा उपचारत छन्।